साताको अन्तिम दिन तपाईंको राशिफल कस्तो ? कस्को दिन कस्तो ?-Sutra News

साताको अन्तिम दिन तपाईंको राशिफल कस्तो ? कस्को दिन कस्तो ?

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

आज मिति २०८१ जेठ १९ गते शनिबार । सन् २०२४ जुन १ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

कर्मबल बढ्ने छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ, तर आजको दिन पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डा हुनसक्ने योग छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले नै धोका दिन सक्छन् । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

बृष

आजको दिन विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । एक्लोपनाको अनुभूति होला । सामाजिक प्रतिष्ठामा कमी आउनुका साथै काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव बढ्ने योग छ । प्रतिकुलताका बाबजुद शुभ कामको भावना वृद्धि हुनेछ ।

मिथुन

दौडधुप बढ्ने छ । समय चुनौतीयुक्त रहला । पारिवारिक समस्याहरू देखा पर्ने छन् भने साझेदारीमा पनि विवाद पैदा हुन सक्छ । दाम्पत्य सम्बन्धमा चिसोपन आउला । तथापि, रसरागमा आकर्षण बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ । नियमित कर्ममा केही परिश्रम बढ्ला ।

कर्कट

अतिरिक्त आम्दानी बढ्ने समय छ । विशेषतः विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका काम बन्ने छन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । दामपत्य सुख बढ्ने छ । रसरागमा आकर्षण बढ्ने छ ।

सिंह

समय खासै अनुकल नरहन सक्छ रपनि नयाँ उद्योग धन्दाको थालनी गर्न सकिने छ । समाजसेवा र परोपकारका कार्य गरिएला । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्ने योग छ । आफन्तजनसँग ठाकठुक पर्न सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति पनि विशेष सचेत रहनु हितकर होला ।

कन्या

बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिए पनि स्वास्थ्यमा बाधा अनि काममा झमेला पर्न सक्ने दिन छ । आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । आजको दिन झुटा आरोप आइलाग्न सक्छन्, सचेत भइ व्यवहार गर्नु होला । सहयोगीजनसमेत प्रतिस्पर्धामा उत्रिन सक्छन् । व्यवसायमा भने उन्नति नै हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

व्यस्तता वृद्धि हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्तिको लाभ हुने योग छ । विदेशयात्राको प्रयसमा हुनुहुन्छ भने कार्य सरलताका साथ अघि बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला ।

बृश्चिक

पराक्रम बढ्ने छ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन् र पनि रोकिएका काम बन्न थाल्ने समय छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोच्ने शक्ति वृद्धि होला । कुरा काट्नेले प्रशंसा गर्न थाल्नेछन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्ला । समयले साथ दिनेछ । मान महत्व वृद्धि हुनेछ ।

धनु

सामाजिक प्रतिष्ठा बढ्ने र मानसम्मान पाइने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि पनि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको साथ राम्रै पाइने छ । रसरागमाआकर्षण बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ ।

मकर

बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । सन्तान पक्षबाट चाहिँ सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । आरोग्यता वृद्धि हुनेछ । सामर्थ्य विकसित होला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मानसम्मान पनि पाइने छ । आयआर्जनका स्रोत बढ्ने छन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने छन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने छ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्ने छ ।

मीन

आयबल बढ्ने छ । आयआर्जनका स्रोत भेटिने छन् तर विनाकारण अनेक चुनौतीको सामना गर्नु पर्ला । व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने योग छ । विभिन्न अवसरले पछ्याउने छन् । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट