आज यी प्रदेशको पहाडी भागमा वर्षाको सम्भावना-Sutra News

आज यी प्रदेशको पहाडी भागमा वर्षाको सम्भावना

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । नेपालमा स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।



हाल कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट