मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु-Sutra News

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ ।



गएराति भएको दुर्घटनामा घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याइएसँगै शनिबार बिहान मृत्यु भएको हो ।

बा ५६ प ५०६५ को स्कुटर चालक काठमाडौं घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको किस्ट अस्पतालमा र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक खोटाङ साकेला घर भई लुभुमा बस्ने वर्ष २६ का लोकेश राईको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट