नेपालगञ्जमा ४४ डिग्रीभन्दा माथिको तापक्रम भएपछि विद्यालयको बिदा बढाइयो-Sutra News

नेपालगञ्जमा ४४ डिग्रीभन्दा माथिको तापक्रम भएपछि विद्यालयको बिदा बढाइयो

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरले गर्मी बिदा बढाएको छ । उपमहानगरले आगामी असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको छ ।



अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि यही जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । यसअघि नेपालगञ्ज उपमहानगरले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो ।

उपमहानगरको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ । नेपालगञ्ज उपमहानगरभित्रका विद्यालयमा असार ९ गतेदेखि पठनपाठन हुने बताइएको छ ।

केही दिनअघि नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियससम्म मापन भएको थियो । गर्मीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट