उडिरहेको विमानमा बमको धम्की आएपछि…-Sutra News

उडिरहेको विमानमा बमको धम्की आएपछि…

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । भारतको चेन्नईबाट मुम्बई जाँदै गरेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपत कालीन अवतरण गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार आज बिहान मुम्बई जाँदै गर्दा विमानमा बमको धम्की आएको हो ।



उडान ६ ई ५३१४ ले चेन्नईबाट बिहान ७ बजे उडान भरेको थियो । बिहान करिब साढे ९ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको थियो । अवतरणपछि विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार इन्डिगोले विज्ञप्ति जारी गर्दै चेन्नईबाट मुम्बई गइरहेको इन्डिगोको फ्लाइट ६ ई ५३१४ मा बमको धम्की आएको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘त्यसपछि सुरक्षा निकायको निर्देशनमा विमानलाई सुनसान स्थानमा लगियो, विमानबाट सबै यात्रु सकुशल ओर्लिएका छन्, अहिले विमानभित्र खोजी भइरहेको छ, सबै सुरक्षा जाँच पूरा भएपछि विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता ल्याइने छ ।’

विमानमा १७२ यात्रु सवार थिए । एक हप्तामा इन्डिगो एयरलाइन्सलाई बमको धम्की आएको यो दोस्रोपटक हो । यसअघि मे २८ मा दिल्लीबाट वाराणसी जाँदै गरेको इन्डिगोको उडान ६ ई २२११ लाई पनि बमको धम्की दिइएको थियो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट