टी २० विश्वकपको केही तथ्यहरू- यसरी हुनेछ विश्व विजेता, कसले कहिले जिते ?-Sutra News

टी २० विश्वकपको केही तथ्यहरू- यसरी हुनेछ विश्व विजेता, कसले कहिले जिते ?

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकपको सुरु हुन अब केही घण्टा मात्रै बाँकी छ । प्रतियोगितामा २० टोलीहरू २९ दिनसम्म खेल चल्ने छ ।



विश्वकपबारे तयार पारेको केही जानकारी यस प्रकारका छन्:

* २० ओभरको नवौं संस्करणको खेल जुन १ देखि २९ सम्म चल्ने छ ।

* यो खेल अमेरिकाले क्यानाडासँग खेल्दै सुरु हुन्छ ।

* प्रतियोगितामा चार समूहमा विभाजन गरी २० टोली सहभागी छन् ।

* प्रत्येक समूहका टोलीहरू राउन्ड रोबिन ढाँचामा एक-अर्काको सामना गर्ने छन् । एक जीत दुई अंकको छ र एक टाई वा बराबरी एक अंकको हुन्छ ।

* प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर ८ मा पुग्ने छन् । जहाँ उनीहरूलाई प्रत्येक चारको दुई समूहमा विभाजन गरिने छ । राउण्ड रोबिन ढाँचामा एक अर्कासँग खेल्ने छ ।

* दुई समूहबाट विजयी भएका शीर्ष चार दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

* सेमिफाइनलमा पुगेको चार टोलीबाट पहिलो, दोस्रो, तेस्रो र चौथो छनोट हुनेछ ।

* खेल नौ स्टेडियमहरूमा हुने छन् । जसमा छ वेष्ट इण्डिजमा र तीन अमेरिकामा ।

विगतका विजेताहरू

२००७- मा भारतले पाकिस्तानलाई पाँच रनले हराएको थियो ।

२००९- पाकिस्तानले श्रीलंकालाई आठ विकेटले हराएको थियो ।

२०१०- इंग्ल्याण्डले अष्ट्रेलियालाई सात विकेटले हराएको थियो ।

२०१२- वेष्ट इण्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो ।

२०१४- श्रीलंकाले भारतलाई छ विकेटले हराएको थियो ।

२०१६- वेष्ट इण्डिजले इंग्ल्याण्डलाई चार विकेटले हराएको थियो ।

२०२१- अष्ट्रेलियाले न्यूजिल्याण्डलाई आठ विकेटले हराएको थियो ।

२०२२- इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट