काठमाडौं । जेठ दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका ३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
अपिहिमाल गाउँपालिका ३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको उनको भनाइ थियो ।