हमासले बैँक लुट्ने बनाएको योजना दस्तावेजको खुलासा-Sutra News

हमासले बैँक लुट्ने बनाएको योजना दस्तावेजको खुलासा

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । इजरायली रक्षा बलले हमास लडाकु समूहले गाजाको बैँकबाट लाखौँ शेकेल (इजरायली मुद्रा) चोरी गर्ने योजना बनाएको दस्तावेज सामाजिक सञ्जालमार्फत प्रदर्शन गरेको छ ।



“हमासले गाजामा रहेका बैँकको सेफ लुट्ने योजनाको आन्तरिक दस्तावेजको खुलासा गरेको एक महिनापछि हमासले गाजापट्टिमा रहेको बैंक अफ प्यालेस्टाइनको शाखाबाट लाखौं शेकेल चोरी गरेको थियो,’ आइडिएफका अरबी प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचे अद्राईले एक्समा भनेका छन् ।

बैंक अफ प्यालेस्टाइन जुडिया, सामरिया र गाजाभरी शाखा भएको सबैभन्दा ठुलो प्यालेस्टिनी बैंक हो ।

“मार्च १० मिति लेखिएको सो दस्तावेज अबु जिहाद नामक हमास समूहका सदस्यद्वारा तयार पारिएको थियो, सोहीअनुसार आन्दोलनका सदस्यले गाजामा रहेको बैंक अफ प्यालेस्टाइनका शाखाबाट चालिस करोडभन्दा बढी शेकेल चोरेका थिए”, अद्राइले जानकारी गराए ।

गाजाका प्यालेस्टिनी बासिन्दा युद्धबाट विस्थापित भए पनि हमास नेताले वर्षौंदेखि आफू र आफ्नो परिवारलाई समृद्ध बनाउँदै आएका छन् हमासका नेता इस्माइल हानियाह, खालिद मशाल र मुसा अबु मर्जुकको संयुक्त एघार अर्ब डलरको व्यक्तिगत सम्पत्ति रहेको छ जबकि संगठनको नेतृत्वले जम्मा एक अर्ब डलरको लगानी पोर्टफोलियो नियन्त्रण गर्ने इजरायलको प्रेस सर्भिसले सेप्टेम्बरमा जानकारी गराएको हो ।

युद्धअघि, हमासले इजिप्टबाट तस्करी गरिएका सामानमा बीस प्रतिशत कर लगाउने गरेको थियो र गाजाको कालो बजारी व्यापारबाट वार्षिक चालिस करोडभन्दा बढी अमेरिकी डलर कमाएको थियो ।

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समूदायमा हमासको आक्रमणमा कम्तिमा एक हजार दुई सय मानिसले ज्यान गुमाउनुका साथै २५२ इजरायली र विदेशीलाई बन्धक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट