गर्मीका कारण पुरुषको मृत्यु, कष्टकर बन्दै जीवन-Sutra News

गर्मीका कारण पुरुषको मृत्यु, कष्टकर बन्दै जीवन

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । ‘अत्यधिक गर्मी’का कारण कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १ कपासी टोलका पुरुषको मृत्यु भएको हो ।



छोरीलाई भेटेर फर्किने क्रममा अर्घाखाँची नगरपालिका ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो । गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न निस्किएका थिए ।

जेठ १७ गते बिहीबार साँझ उनी कपसीको कडेल टोलमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार परियारको मृत्यु गर्मीका कारण भएको हो ।

मृतकको शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टमपछि आउने प्रतिवेदनले मृत्युको सही कारण खुल्ने प्रहरीको भनाइ छ । मृतकको शरीरको कुनै भागमा चोट छैन । मृतककी छोरीले आफूलाई भेटेर फर्किंदा बुवाको अवस्था राम्रै रहेको बताइन ।

अहिले जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट