‘भर्सटायल’ स्वस्तिमा: मेघौलीकी बेहुली हेरेपछि होला त दर्शकको ‘दिमाग खराब’ ?-Sutra News

‘भर्सटायल’ स्वस्तिमा: मेघौलीकी बेहुली हेरेपछि होला त दर्शकको ‘दिमाग खराब’ ?

शनिबार, १९ जेष्ठ २०८१

शनिबार, १९ जेष्ठ २०८१

काठमाडौं । पहिलो फिल्म ‘होस्टेल रिटन्स’देखि ‘दिमाग खराब’ सम्म आइपुग्दा अभिनेत्री स्वस्तिमा खड्काले दर्शककै दिमाग खराब गरिसकिन् । चाहे ‘होस्टेल रिटन्र्स’ मा एलिना बनेर होस्, बुलबुलमा रणकला, चिसो मान्छेमा पुष्पा, पशुपतिप्रसाद २ मा मैना या दिमाग खराबमा सची, स्वस्तिामा आवश्यकताअनुसार जस्तो पनि पात्रमा फिट भइदिइन् । चाहे लभर गर्ल होस्, कलेज गर्ल, टेम्पो चालक या गृहिणी नै, सधैँ फरक र जीवन्त देखिइन् ।



अनि दर्शकको दिमाग खराब नहोस् पनि कसरी ! सधैँ आफूलाई अभिनयको विद्यार्थी भन्न रुचाउने उनले हरेक फिल्ममा आफूलाई सावित गर्दै आइरहेकी छिन् । चरित्र निर्माणमा स्वस्तिमाले गर्ने मिहेनत, लगनशिलता र चरित्र छनौटको परिपक्वता उनका सिनेमाहरुमा झल्किन्छन् । उनै स्वस्तिमाको निर्माणमा नयाँ फिल्म आउँदैछ- ‘बेहुली फ्रम मेघौली’ । निर्माण युनिटले अहिलेसम्म फिल्मबारे धेरै केही खुलाएको त छैन तर शनिबार रिलिज भएको फिल्मको फस्र्टलुक पोस्टरले भने चर्चा पाइरहेको छ । सार्वजनिक पोस्टरमा फिल्मकी प्रमुख पात्र स्वस्तिमा मात्रै देखिएकी छिन् । त्यो पनि ट्याक्टर कुदाइरहेको अवस्थामा । बेहुली पहिरनमा छिन् उनी । पोस्टर हेर्दा मेघौलीकी बेहुली हुन् उनी भनेर अनुमान लगाउन गाह्रो हुँदैन ।

रातो ट्याक्टरमा रातो रंगको साडी र चोलीमा देखिएकी उनी उभिएर ट्याक्टर चलाइरहेको दख्न सकिन्छ । हातले अगाडी कसैलाई औँल्याइरहेकी छिन् । पृष्ठभूमिमा रुख र बारी छ । हातको संकेत र अनुहारको भाव हेर्दा लाग्छ, उनी कसैलाई पछ्याइरहेकी छिन् । पोस्टर र स्वस्तिमाको लुक ‘एक्सप्रेसिभ’ अर्थात् अभिव्यक्तिमुलक छ ।
साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको यो फिल्ममा स्वस्तिमाको जोडी निश्चल बस्नेतसँग बाँधिएको छ । दुवै रियल जोडी पनि हुन् । फिल्ममा आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको कलाकार पनि अभिनय रहेको छ ।

यतिखेर फिल्मवृत्तमा चलचित्रको फस्टलुक पोस्टरकै कारण स्वस्तिमाले अनगिन्ती तारिफ पाइरहेकी छन् । उनको बेहुली पात्रले पनि पहिलेझै दर्शकको ‘दिमाग खराब’ गर्न सक्ने टिप्पणी भइरहेका छन् । यद्यपी परिणामका लागि यति रिलिज मिती परिवर्तन भएन भने दसैँसम्म पर्खिए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट