गगन थापाले भने- अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौँ-Sutra News

गगन थापाले भने- अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौँ

आइतबार, २० जेष्ठ २०८१

आइतबार, २० जेष्ठ २०८१

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग हुने बताएका छन् ।



यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै महामन्त्री थापाले अब आफूहरूको हिसाब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताए ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्रीले संसदमा विदेशी एजेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउँदै उनको भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट पारे ।

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउँदै भने, ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्यो, हिसाब किताब लिन्छौँ, र यही संसदमा लिन्छौँ ।’

उनले सहकारी ठगी प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिनु पर्ने बताए । अब संसदमा आफूहरूले जनसरोकारका विषय उठाउँदै बजेटको छलफलमा ध्यान केन्द्रीत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट