काठमाडौं । आईसीसी टी २० विश्वकपको नवौँ संस्करण आजदेखि अमेरिका र वेष्ट इण्डिजमा सुरु भएको छ । विश्वकपको पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गर्दै सुखद् सुरुवात गरेको छ ।
कूल २० देश सहभागी विश्वकपमा एक दशकपछि नेपाली टोली पनि समावेश भएको छ । नेपाली टोली रहेको समूह ‘डी’मा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको छ ।
नेपाली टोली रहेको समूहमा श्रीलङ्काले एक पटक विश्वकपमा जित दर्ता गराएको छ । दुई पटक उपविजेता बनेको छ । ऐतिहासिक रुपमा समूह ‘डी’मा रहेका सबै टोली नेपालभन्दा बलियो छ । तर, विश्व स्तरमा यी देशभन्दा नेपाली टोली राम्रो छाप छाड्न सफल भएको छ ।
एक दशकपछि विश्वकपमा सहभागी भएको नेपालको खेल हेर्न आईसीसीले विश्वका चर्चित टोलीभन्दा बढी शूल्क तोकेको छ । लिग चरणका चार वटा खेल हेर्न नेपाली टोलीको फ्यानले सर्वाधिक ६० अमेरिकी डलर अर्थात सात हजार ९८० रुपैयाँ तिर्नु पर्ने छ । यस्तै, सबैभन्दा कम १७ अमेरिकी डलर अर्थात दुई हजार २६० रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ ।
आईसीसीले सार्वजनिक गरेको प्रतियोगिता शुल्कमा नेपाल र श्रीलङ्काको खेल हेर्न ६० अमेरिकी डलर खर्च गर्नु पर्ने छ । यो खेल २९ गते अर्थात जुन ११ तारिखमा रहेको छ । यो खेल अमेरिकामा हुनेछ ।
यस्तै, सबैभन्दा कम शुल्क तोकिएको खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल असार २ गते अर्थात जुन १६ गते वेष्ट इण्डिजमा हुनेछ ।
नेपालले पहिलो खेल पर्सी अर्थात जुन ४ गते नेदरल्याण्डससँग खेल्ने भएको छ । अमेरिकामा हुने यो खेल हेर्नका लागि आईसीसीले टिकटको मूल्य ३५ डलर अर्थात चार हजार ६५५ रुपैयाँ तोकेको छ । यसै गरी वेष्ट इण्डिजमा हुने नेपाल र दक्षिण अफ्रिकाको खेल हेर्न २५ डलर अर्थात तीन हजार ३२५ रुपैयाँ तोकेको छ ।
यो विश्वकपमा सबैभन्दा महङ्गो टिकट छिमेकी देश भारत र पाकिस्तानबीच हुने खेलको छ । यी दुई टोलीको खेल हेर्न ३०० अमेरिकी डलर अर्थात ४० हजार खर्च गर्नु पर्ने छ ।
यी दुई छिमेकी देश राम्रो सम्बन्ध हुन नसक्दा यसको प्रभाव क्रिकेटमा पर्ने गरेको छ । प्रतिस्पर्धात्मक हुने दुई देशको खेल सधैँ चर्चामा रहँदै आएको छ ।
यसैगरी सबैभन्दा कम टिकटको मूल्य जम्मा ६ डलर अर्थात ८ सय नेपाली रुपैयाँ तोकिएको छ । श्रीलङ्का र नेदरल्याण्डस्, अफगानीस्तान र पपुवा न्यू गिनी, ओमान र स्कटल्याण्ड, पपुवा न्यू गिनी र युगाण्डा, अफगानीस्तान र युगाण्डाको खेल हेर्न जम्मा ६ डलरको टिकट मूल्य कायम गरेको छ ।
चर्चित टोलीको तुलनामा महङ्गो शुल्क तोकिएको नेपालले समूह चरणमा चार खेल्ने छ । यो समूहमा नेपाल शीर्ष दुईभित्र पर्न सफल भए अन्तिम आठमा प्रवेश गर्ने मौका पाउने छ । आईसीसीको सहयोगमा