काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आइतबार उनीहरूबीच समसामयिक राजनीति र आर्थिक वर्ष २०८१-८२ को बजेटबारे छलफल हुने भएको छ ।
शनिबार मात्रै सत्ता साझेदार दल एमाले ओलीले बजेटमा अर्थमन्त्री र माओवादीतर्फ ढल्किएको भन्दै टिप्पणी गरेका थिए । उनले सार्वजनिक रुपमा बजेटबारे असन्तुष्टि जनाएसँगै दुई नेताबीच भेटवार्ता भएको हो ।
बजेटमा ओलीले गरेको टिप्पणीमाथि माओवादीका नेताहरूले शनिबार नै प्रतिक्रिया दिएका थिए । माओवादी नेता देवेन्द्र पौडेलले ओलीको असन्तुष्टिको टिप्पणी गरेका थिए । स्रोतका अनुसार आजको भेट पनि दुई नेताबीच यही विषयमा केन्द्रित रहने जनाएको छ ।