नेप्सेमा सुधार : १३.५१ अंकले बढ्दा १७४ कम्पनीका लगानीकर्ता फाइदामा-Sutra News

नेप्सेमा सुधार : १३.५१ अंकले बढ्दा १७४ कम्पनीका लगानीकर्ता फाइदामा

आइतबार, २० जेष्ठ २०८१

आइतबार, २० जेष्ठ २०८१

काठमाडौं । नयाँ सातासँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुधार देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।



आइतबार १३.५१ अंकले बढ्दै नेप्से २०८३.०४ को बिन्दुमा उक्लिएको छ । समग्रमा ०.६५ प्रतिशतले परिसूचक बढेको छ ।

लगानी, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी उपसूचकमा गिरावट आउँदा यस दिन अन्य उपसूचकहरुमा हरियाली छायो । यस दिन सर्वाधिक व्यापार उपसूचकमा ६.५६ प्रतिशतले बृद्धि भएको छ ।

१७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य भने स्थिर रहे ।

९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच हुँदा यस दिन चार अर्ब ३१ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ । आइतबार सबैभन्दा बढी नेपाल फाइनान्स, पोखरा फाइनान्स, फस्ट माइक्रो फाइनान्सलगायतको काराबोर भएको छ ।

नेपाल फाइनान्सको मात्रै तीन लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २२ करोड ६४ लाख रुपैयाँ माथिको भएको छ ।

मौद्रिक समीक्षासँगै बढेको नेप्सेमा बजेटसँगै थप उत्साह जाग्ने आशा गरिएको थियो । यद्यपि, बजेटसँगै नेप्सेमा थप सुस्तता देखियो ।

तर, तिव्र उतारचढावपछि आइतबारदेखि नेप्सेमा सुधारको संकेत देखिएको छ । आइतबारको कारोबारसँगै नेप्से उकालो लाग्दै गर्दा सूचकहरु पनि सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट