गृहमन्त्री लामिछानेलाई उपस्थित हुन सर्वोच्चको आदेश, माग्यो प्रहरीमा परेको जाहेरी-Sutra News

गृहमन्त्री लामिछानेलाई उपस्थित हुन सर्वोच्चको आदेश, माग्यो प्रहरीमा परेको जाहेरी

आइतबार, २० जेष्ठ २०८१

आइतबार, २० जेष्ठ २०८१
adalat

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलको नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै, अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ ।



अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवै जनालाई उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेशसहित उनीहरूलाई अदालतमा उपस्थित हुन भनेको हो ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानूनी रहेको भन्दै दुवै जनालाई कारबाहीका लागि रिट दायर भएको थियो ।

यस्तै, सर्वोच्चले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न आदेश भनेको छ ।

सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते गृहमन्त्री लामिछाने, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुअघि दुवै पक्षबीच छलफल हुनु पर्ने र निष्कर्षमा पुग्नु पर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट