उत्तर कोरियाबाट ६ सय फोहोर भरिएका बेलुन दक्षिण कोरिया पुग्यो-Sutra News

उत्तर कोरियाबाट ६ सय फोहोर भरिएका बेलुन दक्षिण कोरिया पुग्यो

आइतबार, २० जेष्ठ २०८१

आइतबार, २० जेष्ठ २०८१

काठमाडौं । उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुन सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीले चुरोटका बट्टादेखि प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन संकलन गरिरहेका छन् ।



“उत्तर कोरियाले शनिबार साँझ ८ बजेदेखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो,’ सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ)ले एक विज्ञप्तिमा बताएको छ ।

आइतबार बिहान करिब १० बजेसम्म प्रति घण्टा लगभग २० देखि ५० का दरले लगभग ६०० बेलुनहरू हावामा उडिरहेको पहिचान गरिएको थियो ।

बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबार गर्ने क्षेत्र हो ।

उत्तर कोरियाले यस हप्ताको सुरुबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङहाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ ।

उत्तर कोरियाले फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट