४९ युवती हत्या गर्ने ‘सिरियल किलर’कै हत्या, पीडित परिवारले मनाए खुसी-Sutra News

४९ युवती हत्या गर्ने ‘सिरियल किलर’कै हत्या, पीडित परिवारले मनाए खुसी

आइतबार, २० जेष्ठ २०८१

आइतबार, २० जेष्ठ २०८१

काठमाडौं । विश्वका सबैभन्दा खतरनाक सिरियल किलरमध्ये एक रोबर्ट पिक्टन (७४)को क्यानडाको जेलभित्रै हत्या भएको छ ।



कारागार प्रशासनले मे १९ गते उनीमाथि प्राण घातक हमला भएको जनाएको छ । यसपछि उनलाई क्युबेकको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको शुक्रबार (मे ३१) निधन भएको हो ।

९० को दशकमा ४९ महिलाको निर्ममतापूर्वक हत्या गरेको अभियोगमा पिक्टनलाई पक्राउ गरिएको थियो । तर, उनी ६ महिलाको मात्र हत्यामा दोषी ठहर भएका थिए ।

उनीमाथि यौनकर्मीको हत्या गरी शरीरका अंगहरू आफ्नो सुँगुरहरूलाई खुवाएको आरोप लागेको थियो । पिक्टन क्यानडाको भ्यानकुभर जेलमा आजीवन कारावासको सजाय भोगिरहेका थिए ।

प्रहरीका अनुसार पिक्टनमा आक्रमण गर्ने ५१ वर्षीय कैदीलाई हिरासतमा राखिएको छ । तर, प्रहरीले आक्रमणकारीको नाम खुलाएको छैन । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सिन्थिया कार्डिनल, पिक्टनको क्रूरताको शिकार भएकी बहिनीले न्यु योर्क टाइम्सलाई बताइन् कि- उनी यो खबर सुनेर धेरै खुसी भइन् । अब बहिनीको मृत्युको घटना बिर्सेर अगाडि बढ्न सक्छिन् ।

सिरियल किलर पिक्टनको हातबाट ज्यान गुमाएका महिलाहरू ।

पिक्टनलाई २००७ मा लागुऔषध दुर्व्यसनी केटीहरू र यौनकर्मीको हत्या गरी तिनीहरूको शरीर टुक्रा-टुक्रा पारेर सुँगुरहरूलाई खुवाएको अभियोगमा दोषी ठहर गरिएको थियो । तर, अनुसन्धानकर्ताले ६ जना महिलाको मात्र अवशेष फेला पारेका थिए ।

यसबाहेक अनुसन्धानकर्ताहरूले कम्तिमा ३३ महिलाको डीएनए फेला पारेका थिए । यद्यपि, प्रमाणको अभावको कारण पिक्टन उनीहरूको हत्याको लागि दोषी ठहरिएन ।

५० महिलाको हत्या गर्न चाहना

सोधपुछको क्रममा रेकर्ड गरिएको भिडियोमा पिक्टनले थप एक महिलालाई मारेर ५० जनाको हत्या गर्ने रेकर्ड बनाउन चाहने बताएका थिए । उनले यौनकर्मी, भागेका वा लागु औषधको लत र मानसिक स्वास्थ्य समस्याबाट पीडित महिलाहरूको शिकार गर्दै आएका थिए ।

लामो खोजी पछि पुलिसले पिक्टनलाई सन् २००२ मा गिरफ्तार गरेको थियो । प्रहरीका अनुसार उनले वेश्यासँग शारीरिक सम्बन्ध राखेर विषालु सुई लगाएर बेहोस बनाउँथे ।

यसपछि उनीहरुलाई मार्ने गर्थे । मिडिया रिपोर्टका अनुसार पिक्टनले आफ्नो पहिलो हत्या सन् १९९५ मा गरेका थिए । सन् २००१ सम्म उनले ४९ महिलाको हत्या गरेका थिए ।

सिरियल किलर रोबर्ट पिक्टनको जन्म अक्टोबर २६, १९४९ मा क्यानडामा भएको थियो । उनी पेशाले कसाई थिए । उनको सुँगुर फार्म थियो । पिक्टनले रातो बत्ती क्षेत्रमा यौनकर्मीहरूलाई ग्राहकको रूपमा प्रस्तुत गर्थे । त्यसपछि उनीहरूलाई थप पैसाको प्रलोभनमा राखेर आफ्नो खेतमा लगेर निर्ममतापूर्वक हत्या गर्थे । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट