प्रभुका कर्मचारी तथा ग्राहकले हिमालयन हस्पिटलका सेवामा छुट पाउने-Sutra News

प्रभुका कर्मचारी तथा ग्राहकले हिमालयन हस्पिटलका सेवामा छुट पाउने

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं, ज्ञानेश्वरस्थित हिमाल हस्पिटलबीच व्यवसायीक साझेदारी गर्नेबारे सहमति भएको छ । जुन सहमतिअनुसार बैंकका कर्मचारी तथा ग्राहकले हस्पिटलको सेवामा छुट पाउनेछन् ।



हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले उक्त सहमतिमा हस्ताक्षर गरेका थिए । सहमतिअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २०∞ तथा शल्यक्रिया शुल्कमा १०∞ सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटल गर्नुपर्ने जनाइएको छ ।

सन् १९७८ मा बिराटनगर मा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाण्डौ मा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो ।

हिमाल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि हिमाल हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै, ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई प्रभु बैंकले बैंकिङ्ग सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट