काठमाडौं । फुटपाथ विस्तारका लागि भन्दै काठमाडौं महानगरले काटेको न्यूरोडको सडकलाई सडक विभागले टालिरहेका बेला तनावको अवस्था सिर्जना भएको छ ।
अहिले विभागका कर्मचारीहरुले सडक टालिरहेका छन् भने महानगरपालिकाका मेयर बालेन साहका समर्थन विरोधमा उत्रिएका छन् । अर्कोतिर, साहका विरोधी सडक विभागको कामलाई रोक्न नहुने भन्दै विभागको पक्षमा उभिएका छन् ।
जसमा महानगरपालिकाको नगर प्रहरीले समेत यसअघि रोक्ने प्रयास गरेको थियो । यद्यपि, विरोधी र समर्थन बाँडिएपछि अहिले अवस्था तनावपूर्ण छ ।
स्थानीय बाँडिएर विरोध र समर्थनमा उत्रिँदा प्रहरीले सुरक्षामा कडाई गरेको छ । यद्यपि, न्यूरोडमा फुटपाथ विस्तारका विरोधी र समर्थनक भिड्न सक्ने अवस्था उत्तिकै देखिन्छ ।