जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते-Sutra News

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।



सोमबार बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका-८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार जीप अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट