दुई वटा सैनिक जहाज ठोक्किँदा एक पाइलटको मृत्यु, घटनाबारे अनुसन्धान हुँदै-Sutra News

दुई वटा सैनिक जहाज ठोक्किँदा एक पाइलटको मृत्यु, घटनाबारे अनुसन्धान हुँदै

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । आइतबार पोर्चुगल वायुसेनाको ‘एयर शो’का क्रममा दुई विमान ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । अर्का पाइलट घाइते भएका छन् ।



समाचारमा जनाइएअनुसार पोर्चुगल वायुसेनाले बेजा एयर शोमा ६ वटा विमान सहभागी गराएको थियो । घटना स्थानीय समयअनुसार साँझ ४ः५ बजे भएको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार मृत्यु हुने पाइलट स्पेनका बासिन्दा थिए । दोस्रो पाइलटलाई सामान्य चोट लागेको वायुसेनाले जनाएको छ ।

पोर्चुगलका रक्षामन्त्री नुनो मेलोले घटनाप्रति दुःख व्यक्त गर्दै यस विषयमा छानबिन गर्न आदेश दिएका छन् ।

उनले भने, ‘एयर शोमा छ वटा विमानहरू एरोबेटिक समूह थिए, जसमा स्पेनिश र पोर्चुगिज पाइलटहरू थिए, यो एयर शोको नाम याक स्टार्स राखिएको थियो, दुर्घटनाग्रस्त विमान याकोभलेभ याक ५२ थियो, जुन सोभियत संघले डिजाइन गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट