काठमाडौं । विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । विवादमा तानिरहने उनी कमलपोखरी क्षेत्रबाट पक्राउ परेका हुन् ।
आपराधिक विश्वासघातको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आर्थिक कारोबारमा पारदर्शीता नभएको निर्माताको आरोप छ ।
आफूहरुको मञ्जुरीबिना चलचित्र ‘प्रसाद–२’लाई प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।