चित्रबहादुरको टिप्पणी- वाक्क लागेर संसदमा निदाएछु-Sutra News

चित्रबहादुरको टिप्पणी- वाक्क लागेर संसदमा निदाएछु

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।



सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संसदमा जति बहस र छलफल गरे पनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले औचित्य नभएको टिप्पणी गरे ।

उनले भने, ‘अर्थमन्त्री ज्यूले पेश गर्नु भएको बजेट एकसुका, एक आना यहाँ जति उफ्रे पनि तलमाथि गर्न नपाइने, जे आएको छ, त्यसलाई स्वीकार गर्न पर्ने भएपछि यस्तो छलफलको पनि त्यति औचित्य लड्न छोड्यो ।’

उनले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताए । ‘म छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु, रमाइलो छैन संसद, दिक्क लाग्दो छ,’ उनले थपे ।

उनले बजेटमा सरकारले संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको बताउँदै नीति तथा कार्यक्रमभन्दा फरक रुपमा बजेट आएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट