एक अर्ब भ्रष्टाचार गर्ने मेयरसहित १४ जनाविरुद्ध मुद्दा दायर-Sutra News

एक अर्ब भ्रष्टाचार गर्ने मेयरसहित १४ जनाविरुद्ध मुद्दा दायर

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले मेयर महर्जनसहित चाार कर्मचारी र नौ जना क्रसर सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि एक अर्ब चार करोड विगो माग दावी गरेको छ । अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार पाँच वटा छुट्टा छुट्टै मुद्दा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट