‘गाउँ आएको बाटो’को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी-Sutra News

‘गाउँ आएको बाटो’को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् ।



फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । फिल्म गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो ।

हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन् । फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन् । फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ ।उनी आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित छिन् ।

‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखायौं । यो फिल्म जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु,’हाइडीले भनिन्,’म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो फिल्ममा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’ जेठ २५ गते शुक्रबारबाट रिलिज हुने तयारीमा रहेको यो फिल्मको रिलिजअघि काठमाडौंमा भव्य प्रिमियर गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट