जसले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरे-Sutra News

जसले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरे

सोमबार, २१ जेष्ठ २०८१

सोमबार, २१ जेष्ठ २०८१

काठमाडौं । अमेरिकी अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन् । उनले रुसी मूलकी जीव विज्ञानी एलेना झुकोभासँग पाँचौं विवाह गर्दै श्रीमती बनाएका हुन् । जुकोभा रुपर्टभन्दा २६ वर्ष कान्छी अर्थात ६७ पुगेकी छन् ।



उनीहरु दुवैले शनिबार क्यालिफोर्नियामा विवाह गरेका हुन् । दुवैले तीन महिनाअघि मात्रै इन्गेजमेन्टको घोषणा गरेका थिए । मर्डोकको कूल सम्पत्ति दुई हजार करोड अमेरिकी डलर छ ।

मिडिया टाइकुन मर्डोकले यसअघि २०१६ मा मोडल तथा अभिनेत्री जेरी हलसँग विवाह गरेका थिए । उनीहरू दुवैले ६ वर्षपछि २०२२ मा सम्बन्धविच्छेद गरेका थिए ।

एकै समयमा झुकोवाले मर्डोकभन्दा पहिले अर्बपति र रूसी राजनीतिज्ञ अलेक्जेण्डर झुकोभासँग विवाह गरेका थिए । दुवैको एक छोरी छिन् । उनीहरूको छोरी दशाको जन्म भएको तीन वर्षपछि सन् १९८४ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो ।

मर्डोकको पहिलो विवाह सन् १९५६ मा अस्ट्रेलियाली उडान परिचर प्याट्रिसिया बुकरसँग भएको थियो । चार वर्षपछि सन् १९६० मा दुवैको सम्बन्ध विच्छेद भयो । त्यसपछि मर्डोकले आफ्नी दोस्रो पत्नी अन्ना टोर्भसँग तीस वर्षभन्दा बढी समय बिताए । अन्ना पत्रिकामा रिपोर्टर थिइन् । दुवैले सन् १९९९ मा सम्बन्ध विच्छेद गरे ।

केही महिनापछि मर्डोकले वेन्डी डेङ्गसँग विवाह गरे । उनीहरूको यो सम्बन्ध सन् २०१३ मा मा समाप्त भयो । चौथो पटक उनले सन् २०१६ मा मोडल जेरी हलसँग विवाह गरे । मर्डोक पाँच श्रीमतीबाट ६ सन्तान छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट