आज मिथुन, बृश्चिक र मकर राशीलाई लाभलाभै, अन्य राशीको दिन कस्तो ?-Sutra News

आज मिथुन, बृश्चिक र मकर राशीलाई लाभलाभै, अन्य राशीको दिन कस्तो ?

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

आज मिति २०८१ जेठ २२ गते मंगलबार । सन् २०२४ जून ४ तारिख । नेपाल सम्बत ११४४ बछलागा त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः७ बजे भयो भने सूर्यास्त साँझ ६ः५६ बजे हुनेछ ।



मेष

यात्राको क्रममा लाभ मिल्ने र सन्तानपक्षबाट पनि सुख पाइने समय छ । व्यापारमा पनि सुधार आउनेछ । मनमा रहेको आशंका हटेर काममा उत्साह बढ्ला । टाढाको यात्रा गर्ने अवसर पनि जुर्न सक्छ । आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष

दिन त्यति शुभदायी सावित नहोला । आजको दिन स्वास्थ्यमा विशेष ध्यान दिनु हितकर होला । धेरै श्रम गरे पनि फल भने तुलनत्मक रूपमा कमै मिल्ला । कामको मूल्याङ्कन पनि खासै नहोला । सञ्चित रकम पनि खर्च गर्नुपर्ने योग छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । दायित्व बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

आफन्तजनको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने दिन छ । तर खर्च भने केही बढ्ला । स्वास्थ्यप्रति सजग रहनुहोला । कुराकाटनेहरू सक्रिय हुन सक्छन् । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रा सफल रहला ।

कर्कट

दौडधुप बढे पनि आजको दिन राम्रै आम्दानी होला । छरछिमेकबाट सरसहयोग प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । सोच्ने शक्ति बढ्ला । कुरा काटनेहरू प्रशंसा गर्न थाल्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । भ्रमणमा रुचि बढ्ला ।

सिंह

थालेका कामहरु सहजै बन्नसक्ने दिन छ । नयाँ काम पनि अघि बढ्ला । काममा मन जानाले चिताएको काम सहजै बन्नेछ । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ । परिश्रमले धेरै काम बन्नेछन्, आलस्य नगरी कर्ममा लाग्नुहोला । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या

चुनौतीपूर्ण समय छ । आगो तथा हातहतियारको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । कुरा काट्नेहरु सक्रिय रहने छन् भने पतिपत्नीबीच घरसल्लाह नमिल्ने योग छ । खर्च पनि केही बढ्ने देखिन्छ । अनावश्यक रुपमा कसैसंग विवाद हुन सक्छ, सावधान रहनु हितकर होला । यात्राको काम छ भने भरसक टारेकै राम्रो हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण बढ्ला ।

बृश्चिक

कठोर मितिनेतले काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्ला । अल्झेको काम बन्नाले मनमा एक उल्लास छाउला । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रशन्नता मिल्ने दिन छ, आफन्तुसँग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभको समय छ । । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

धनु

रुचिका विषयमा लगानी बढाउने समय छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर

कर्मबल बढ्नेछ तर भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । मनमा पीडाले डेरा जमाउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ, सावधान रहनुहोला । हातहतियारको प्रयोग गर्दा सचेत रहनु हितकर हुनेछ । नियमकानूनले साथ दिनेछ, दायित्व पूरा गर्नुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । यात्रा सफल रहला ।

कुम्भ

महत्वपूर्ण काम बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरू बढ्नेछन् । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । गीत–संगीतमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । समयको लाभ उठाउने प्रयत्न गर्नुहोला ।

मीन

आर्थिक क्षेत्रमा लाभ हुने समय छ । कृषि तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विश्वास सजिलै जितिएला । रोकिएको काम बन्नेछ । सभासमारोहमा सम्मानित हुनुहोला । वार्तामा सफलता मिल्नेछ ।साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट