सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । लगातार बृद्धिका बीच साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।



यसअघि गत जेठ १८ गते सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो । तत्कालिन समय सुनको मूल्यले एक लाख ४२ हजार २ सयको बिन्दु छोएको थियो ।

त्यसयता लगातार घटबढ भइरहेको सुनको मूल्यले भन्सारदर बृद्धिभएसँगै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढ्दा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबारको तुलनामा तोलामा २५ रुपैयाँले बढ्दै चाँदीको मूल्य एक हजार आठ सय ६० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै स्थानीय बजारमा पनि मूल्य बढेको महासंघले जनाएको छ । यद्यपि, नयाँ बजेटमा सुनको भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएसँगै मूल्य थप बृद्धि भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट