काठमाडाैं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।
उनका अनुसार भूकम्पले क्षति बनाएकाे विषयमा भने कुनै सूचना नआएकाे उनले बताए । सानाे धक्का भएकाे कारण पनि क्षति नभएकाे हुनसक्ने उनले बताए ।
यसअघि साेमबार राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।