भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने, एक्जिट पोलका नतिजा पूर्ण असफल-Sutra News

भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने, एक्जिट पोलका नतिजा पूर्ण असफल

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । भारतमा मंगलबारदेखि लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ । ५४३ सिटमा मतगणना चलिरहँदा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिएले लिड गरिरहेको छ ।



मतगणनाको सुरूवाती रूझानलाइ हेर्दा, सत्तासिन भाजपा पुनः तेस्रो पटक सरकार बनाउने अवस्थातर्फ उन्मुख देखिन्छ । यद्दपि, सुरूवाती मतगणनाको नतिजालाइ हेर्दा, भाजपा एक्लैले बहुमत ल्याउन सक्ने देखिन्न ।

५४३ सिटमध्ये भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिटमा अग्रता लिएको छ भने कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले २३० सिटमा अग्रता लिएको छ ।

जसमा भाजपा एक्लैले २४३ सिटमा अग्रता लिएको छ ।

विभिन्न सञ्चार माध्यमले गराएका एग्जिट पोलमा भाजपाले एक्लै बहुमत ल्याउने अनुमान गरिएका थिए । भाजपाले पनि ४०० सय बढी सिटमा एक्लै जित्ने दाबी गरेको थियो । स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा एक्लैले बहुमत ल्याएर सरकार चलाउने बताएका थिए ।

यद्यपि, सुरुवाती रुझानलाई भाजपाले बहुमतको आँकडा छुन नसक्ने भएपनि एनडीए गठबन्धनले भने बहुमत पु¥याउने देखिन्छ ।
२०१९ को नतिजाभन्दा भाजपाले यसपटक कमजोर प्रदर्शन गरेको छ । २०१९ मा भाजपा एक्लैले ३०३ सिट जितेको थियो । तर, यसपटक भाजपाले २०१९ को नतिजालाई भेटाउन देखिन्न ।

अर्कोतर्फ, सन् २०१९ मा भएको लोकसभा चुनावमा ५२ सिटमा मात्रै सिमित भएको कांग्रेस यस पटक केही बलियो देखिएको छ ।

मध्यान्हसम्मको नतिजामा कांग्रेसको नेतृत्व इन्डिया गठबन्धनले २२८ सिटमा अग्रता जमाइरहेको छ भने कांग्रेस आफैंले ९४ सिटमा अग्रता जमाएको छ । जुन २०१९ को नतिजाभन्दा ४२ सिट बढी हो ।

राहुल गान्धी नेतृत्वको कांग्रेस यसपटक थप कमजोर हुने अनुमान गरिएको थियो । यद्यपि, गान्धीको अभियानले चुनावी नतिजालाई प्रभाव पारेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट