नतिजा नआउँदै एनडीए फुटाउने खेल, नीतीशलाई राहुलको उपप्रधानमन्त्री बनाउने अफर-Sutra News

नतिजा नआउँदै एनडीए फुटाउने खेल, नीतीशलाई राहुलको उपप्रधानमन्त्री बनाउने अफर

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको नतिजा आउन सुरु गरेको छ । जसमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले अग्रता बनाइरहेको छ ।



अपरान्हसम्मको मतगणनाको परिणाममा ५४३ सीटमध्ये ६ सीटको नतिजा आएको छ भने बाँकी ५३७ सीटमा मतगणना चलिरहेको छ । जसमध्ये भाजपा नेतृत्वको एनडीएले ५ सीट (भाजपा)मा जित हात पारेको छ । मतगणना जारी रहेका सीटमध्ये एनडीएले २९३ सीटमा अग्रता लिइरहेको छ ।

यद्यपि, एनडीएको मुख्य दल भाजपाको प्रदर्शन अपेक्षित छैन । एक्लै बहुमत ल्याउने घोषणासहित अघि बढेको भाजपा आफ्नै घोषणाभन्दा निकै पछि छ ।

गएको लोकसभा निर्वाचन सन् २०१९ मा एनडीएले ३५३ सिट ल्याउँदा भाजपा एक्लैले ३०३ सीट ल्याएको थियो । यद्यपि, अहिले गठबन्धनकै बहुमत आउला वा नआउला भन्ने अवस्था छैन ।

भाजपाको प्रदर्शन अपेक्षित नभइरहँदा सुरुवाती नतिजामा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन बलियो ढंगले प्रतिस्पर्धामा देखिएको छ । इन्डिया गठबन्धनले १ सिट जितेको छ भने मतगणना जारी रहेकामा २२५ सीटमा अग्रता लिएको छ ।

जसमा कंग्रेस एक्लैले ९६ सिटमा अग्रता लिइरहेको छ ।

सन् २०१९को निर्वाचनमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले जम्मा ९१ सिट जितेको थियो । यद्यपि, अहिले कंग्रेस एक्लैले एक सिट जित्दै थप ९६ सिटमा अग्रता बनाइरहेको छ ।

सुरुवाती नतिजामा अन्य दलहरुले पनि १८ सिटमा अग्रता लिइरहेका छन् ।

हालसम्मको नतिजालाई हेर्दा भाजपा नेतृत्वको एनडीएलाई कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले बलियो टक्कर दिइरहेको छ । यस्तोमा कंग्रेस बहुमत जुटाउने खेलमा अहिलेदेखि नै जबरजस्त लागेको छ ।

सुरुवाती नतिजा आइरहेको बेला कंग्रेस भाजपा नेतृत्वको एनडीए फुटाउने खेलमा देखिएको छ । कंग्रेसले निर्वाचनको मुखमा गठबन्धन फेरेका नीतीश कुमारलाई आफ्नो गठबन्धन आउन फेरि अफर गरेको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार १४ सीटमा अग्रता लिइरहेको नीतीश कुमार नेतृत्वको जेडियुलाई इन्डिया गठबन्धनले उपप्रधानमन्त्रीको अफर गरेको छ । जुन अफरप्रति नीतीश कुमारले सकारात्मक जवाफ फर्काएको सञ्चार माध्यमको दाबी छ ।

सम्बन्धित समाचार

भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने, एक्जिट पोलका नतिजा पूर्ण असफल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट