भारतीय लोकसभा चुनावमा १४ कलाकार प्रतिस्पर्धा गर्दे, मण्डीबाट कंगना विजयी-Sutra News

भारतीय लोकसभा चुनावमा १४ कलाकार प्रतिस्पर्धा गर्दे, मण्डीबाट कंगना विजयी

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत अब राजनीतिकी रानी पनि बनेकी छिन् । भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी अभिनेत्रीले हिमाचल राज्यको मंडी लोकसभा सीटबाट चुनाव जितिन्। उनले भारतीय कांग्रेस पार्टीका पूर्व मुख्यमन्त्री वीरभद्र सिंह र वर्तमान सांसदका छोरा विक्रमादित्य सिंहलाई हराएर कंगनाले जितको झण्डा फहराएकी छिन् ।



पहिलो पटक चुनाव लडेकी कंगनाले विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

लोकसभा चुनावमा शानदार जित हासिल गरेपछि कंगना रनौत निकै खुसी छिन् । यो जित उनको लागि धेरै अर्थपूर्ण छ। सानो शहरबाट आएर कंगनाले जुन सफलता हासिल गरिन्, त्यो साँच्चै प्रशंसनीय छ । कंगना देशका हरेक युवतीका लागि उदाहरण बनेकी छिन् । कंगनाले इमानदारी र लगनशीलताका साथ कडा परिश्रम गर्ने हो भने सपना साकार हुन्छ भन्ने प्रमाणित गरिन् ।

जितपछि कंगनालाई फ्यान र स्टारबाट धेरै बधाई पाइरहेकी छिन् । कंगनाका फ्यानहरुले पनि उनको जितको खुसी मनाइरहेका छन् । सामाजिक सञ्जालमा कंगनाको जितको खुसी मनाउँदै पोष्ट सेयर गर्दै खुशी व्यक्त गरेका छन् ।

पाँच सय ४२ लोकसभा सीटको मतगणना जारी छ। यस पटकको लोकसभा चुनावमा १४ भारतीय कलाकारहरु मैदानमा छन् । कंगनाका अलावा टिभीका राम अर्थात अरुण गोविल मेरठबाट भाजपाको टिकटमा चुनाव लडिरहेका छन् । अहिले उनी ट्रेन्डको नेतृत्वमा आएका छन् । यहाँ समाजवादी पार्टीकी उम्मेदवार सुनिता वर्मा उनको अगाडि छिन् ।

मथुरा सिटबाट हेमा मालिनी अगाडि छिन् ।  उनको प्रतिस्पर्धा कांग्रेसका मुकेश धनगरसँग  छन् । उत्तर पूर्वी दिल्ली सिटबाट मनोज तिवारी अगाडि छन् ।

दक्षिणी अभिनेता सुरेश गोपी केरलाको त्रिशूर सिटमा पछि परेका थिए तर अहिले उनले अग्रता लिएका छन्, उनी ७३१५० मतले अगाडि छन् । गोरखपुर सिटबाट रवि किशन ५० हजार ५४४ मतले अगाडि छन् । आसनसोल सिटबाट शत्रुघ्न सिन्हा पछाडि थिए तर अहिले उनी अगाडि छन् । उनले ५० हजार ७५८२ मत प्राप्त गरेका छन् । यस सिटबाट भाजपाका उम्मेदवार एसएस अहलुवालियाले ४५१७०० मत प्राप्त गरेका छन् ।

अभिनेता शत्रुघ्न सिन्हा सन् १९९२ मा भाजपामा प्रवेश गरेका थिए । उनी यस वर्ष नयाँ दिल्लीको उपचुनावमा कांग्रेस उम्मेदवार राजेश खन्नाको विरुद्धमा उभिएका थिए तर हारेका थिए। २०९ र २०१४ मा शत्रुघ्न बिहारको पटना साहिब सीटबाट लोकसभा चुनावमा उम्मेदवार थिए। उनले दुवै पटक जितेका थिए । तर, २०१४ को जितपछि उनले मन्त्रीमण्डलमा स्थान पाएनन्, जसका कारण उनी र नरेन्द्र मोदीबीच शीतयुद्ध सुरु भयो । २०१९ को आम चुनावमा भाजपाबाट टिकट नपाएपछि शत्रुघ्न कांग्रेसमा प्रवेश गरेका थिए। ३ वर्षपछि उनी २०२२ मा टीएमसीमा सामेल भए।

भोजपुरी अभिनेता मनोज तिवारीले समाजवादी पार्टीको टिकटमा पहिलो पटक २००९ को लोकसभा चुनाव लडेका थिए। तर पराजित भए । २०१४ मा उनी भाजपामा सामेल भए र चुनाव पनि लडे। त्यसबेला उनले जितेका थिए भने उनी दिल्ली बीजेपी अध्यक्ष पनि भइसकेका छन् ।

भोजपुरी स्टार पवन सिंह बिहार कराकत सिटबाट ६२ लाख ७०९ मतले पछि परेका छन्, उनी स्वतन्त्र उम्मेदवार हुन् । उनलाई भाजपाले पश्चिम बंगालको आसनसोलबाट शत्रुघ्न सिन्हाको विरुद्धमा टिकट दिएको थियो, तर उनले टिकट फिर्ता गरे। दिनेश लाल यादव ‘निरहुआ’ आजमगढबाट पछि छन्। पवनको राजनीतिक करियर २०१४ मा सुरु भएको थियो। २०२४ को चुनावमा पार्टीले उनलाई आसनसोल सिटबाट उम्मेदवार बनाएको थियो । तर पवन आरा सिटबाट चुनाव लड्न चाहन्थे । उनले टिकट फिर्ता गरे । त्यसपछि उनले कराकट सिटबाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्ने घोषणा गरे ।

भोजपुरी अभिनेता दिनेशलाल यादव (निरहुवा) २०१९ मा भाजपामा प्रवेश गरेका थिए। यो वर्ष पार्टीले उनलाई आजमगढ सिटबाट अखिलेश यादवको विरुद्धमा उम्मेदवारी दिएको थियो । यद्यपि उनीहरु पराजित भए । बंगाली सिनेमा र टेलिभिजन अभिनेत्री सायोनी घोष, अर्की बंगाली अभिनेत्री शताब्दी राय, बंगाली कलाकार लकेट चटर्जी, बंगाली र उडिया अभिनेत्री रचना बनर्जी र तृणमूल कांग्रेस तर्फ चुनाव लडिरहेका अभिनेता दीपक अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट