आफ्नै क्षेत्रमा मोदी कमजोर !-Sutra News

आफ्नै क्षेत्रमा मोदी कमजोर !

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उम्मेवार बनेको वाराणसी क्षेत्रको मतगणनालाई निकै चासोपूर्वक हेरिएको छ । अपरान्हसम्मको नतिजामा मोदी निकटतम् प्रतिस्पर्धीभन्दा डेढ लाख बढी मतान्तरले अगाडि छन् ।



मोदीले पाँच लाख ६६ हजार मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी कंग्रेसका अजय राय चार लाख एक हजार मतसहित उनलाई पछ्याइरहेका छन् । यद्यपि, मतान्तर धेरै भएको कारण मोदीको जित निश्चित देखिन्छ ।

मोदी वाराणसीबाट लगातार चुनाव जित्दै आएका छन् । सन् २०१४ र २०१९ मा मोदी भारी मतान्तरसहित उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।
सन् २०१४ मा मोदीले पाँच लाख ८१ हजार मत ल्याएर विजयी हुँदा निकटम् प्रतिस्पर्धी अरबिन्द केजरीवालले दुई लाख नौ हजार मत ल्याएका थिए ।

यस्तै, २०१९ मा भएको निर्वाचनमा मोदीले झनै मतान्तर बढाएका थिए । २०१९ मा छ लाख ७४ हजार मत ल्याउँदै मोदी विजयी हुँदा उनका निटतम् प्रतिस्पर्धी सालिनी यादव (समाजवादी पार्टी)ले एक लाख ९५ हजार मत पाएकी थिइन् ।

यद्यपि, यसपटक भने मोदीलाई कंग्रेसका अजय रायले बलियो टक्कर दिएका छन् । राय लगातार तीन वर्षदेखि उम्मेदवार बन्दै आएका थिए । तर, उनले अहिले जत्तिको मत पाएका थिएनन् ।

यसले मोदी आफ्नै क्षेत्रमा कमजोर भएको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट