राम मन्दिरले पनि दिएन मोदीलाई साथ, अयोध्यामै भाजपा कमजोर-Sutra News

राम मन्दिरले पनि दिएन मोदीलाई साथ, अयोध्यामै भाजपा कमजोर

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । प्रभाव क्षेत्र मानिएको उत्तर प्रदेशमै भारतीय जनता पार्टी (भाजपा) कमजोर देखिएको छ । लोकसभा निर्वाचनको परिणाम आइरहँदा उत्तर प्रदेशबाट अपेक्षित परिणाम पाएको छैन ।



समग्र राज्यमा अपरान्ह ४ बजेसम्म समाजवादी पार्टी ३६, भाजपा ३३, कंग्रेस ७ र अन्यले चार सिटमा अग्रता लिएका छन् ।

राममन्दिरको नाममा सहानुभूति बटुल्न खोजेको भाजपा अयोध्यामै पछि परेको छ । अयोध्या (फैजाबाद)मा भाजपाका लल्लु सिंह धेरै पछि न् । उनलाई समाजवादीका अवधेश प्रसादले १५ हजारभन्दा बढी मतान्तरसहित पछि पारेका छन् ।

गत जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको उद्घाटन गरेका थिए । जसको लाभ चुनावी अभियानमा पर्ने अनुमान गरिएको थियो ।

हालका उम्मेदवार लल्लू सिंहले यसअघि २०१४ र २०१९ मा सोही क्षेत्रबाट भारी मतसहित जित हात पारेका थिए ।

सन् २०१९ को कुरा गर्दा, समग्र उत्तर प्रदेशबाट भाजपाले ६२ सिटमा एक्लै जित हात पारेको थियो । तर, अहिले भाजपा दोस्रो मात्रै बनेको छैन, कमजोर पनि देखिएको छ । जसलाई हेर्दा, राममन्दिरको अभियान भाजपाकै पक्षमा देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट