‘सत्ताको ढोका’ मानिने उत्तर प्रदेशमै भाजपा चुक्दा…-Sutra News

‘सत्ताको ढोका’ मानिने उत्तर प्रदेशमै भाजपा चुक्दा…

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । भारतीय राजनीतिमा उत्तर प्रदेशको बारेमा एक प्रसिद्ध भनाइ छ, ‘दिल्ली जाने बाटो उत्तर प्रदेश हुँदै जान्छ !’ हुन पनि उत्तर प्रदेश सबैभन्दा धेरै लोकसभा सीट भएको प्रदेश हो । यहाँ जसको बहुमत हुन्छ, केन्द्रमा सरकार गठनमा पनि उसको सम्भावना बढ्छ ।



हुन पनि केन्द्रमा एक दशकदेखि सत्ता चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले सन् २०१४ र २०१९ को लोकसभा चुनावमा उत्तर प्रदेशबाट निकै राम्रो सफलता हात पारेको थियो । प्रदेशमा सफलता पाएको भाजपाले केन्द्रमा पनि सहज सरकार बनाउन सफल भएको थियो ।

२०१४ को लोकसभा चुनावमा भाजपाले उत्तर प्रदेशबाट एकलै ७० सिट जितेको थियो भने २०१९ को लोकसभा चुनावमा ६५ सीट जितेको थियो । यसपटक पनि भाजपाले यही तथ्यांकका आधारमा ‘ह्याट्रिक’ गर्न खोजेको थियो । तर, यसपटक उत्तर प्रदेशको लय भने फेरिएको छ ।
उत्तर प्रदेशमा भाजपा कमजोर मात्रै बनेको छैन, पहिलो पार्टी बन्ने हैसियतसमेत गुमाएको छ ।

किन पछि पर्‍यो भाजपा ?

गठबन्धन गरेर लडेको भएपनि भाजपाले अधिकांश सिटमा उम्मेदवारी दिएको थियो । तर, यसपटक उसले धेरै उम्मेदवार परिवर्तन ग¥यो । जसमा एकातिर पार्टीभित्रै विवाद देखियो भने अर्कोतिर भाजपाका नेताहरुका बयानले पनि नराम्रो प्रभाव पारेको बताइन्छ । राजनीतिक विश्लेषकहरुका अनुसार भाजपाका केही नेताका जातीवादी अभिव्यक्तिले पनि चुनावी अभियानमा ठूलो प्रभाव पारेको छ । जसको प्रभाव अयोध्यामा समाजवादी पार्टीका दलित उम्मेदवार अनौठो ढंगले अगाडि आएका छन् ।

अर्कोतर्फ, भाजपाका नेताहरुले आफूहरुले जिते संविधान संशोधन गर्ने बताएका थिए । उनीहरुको आशय भारतलाई हिन्दु राज्य बनाउने भन्ने थियो । जसको उल्टो असर परेको भारतीय राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

राहुल–अखिलेश जोडीको प्रभाव

भाजपाले राम मन्दिरमा आफ्नो ध्यान लगाइरहँदा उत्तर प्रदेशमा अखिलेश र राहुल गान्धीले भाजपा विरोधी अभियान चलाइरहेका थिए । दुई नेताहरुले भाजपाको धार्मिक अभियानको खुलेर भण्डाफोर गरेका थिए ।

विशेषगरी राहुलले आफ्नो राजनीतिक अभियान पनि उत्तर प्रदेश केन्द्रीत बनाएका थिए । उनले मोदी सरकार असफल भएको, मोदीले जनतालाई गुमराममा राखेको, मोदीले झुटा आश्वासन बाँडिरहेको जस्ता कुरा अभियानका बखत प्रचार गरेका थिए । यसबाहेक अखिलेश र राहुल गान्धीले उत्तर प्रदेशमा ‘पेपर लीक’को मुद्दालाई पनि तल्लो तहसम्म पुर्‍याए । जसमा जनता पनि सहभागि भएको देखिन्छ ।

अर्कोतिर टिकट वितरणमा पनि भाजपाका कमजोरीलाई ख्याल गरेर अखिलेश र राहुल लागेको विश्लेषकहरुको बुझाई छ । हुन पनि उनीहरुले विशेषगरी जातीय समीकरणलाई ध्यान दिँदै टिकट उम्मेदवारी दिएको देखिन्छ ।

अर्कोतर्फ, मुस्लिमको भोट पनि तान्न अखिलेश र राहुल सफल भएको विश्लेषण गरिएको छ । जहाँ मुस्लिम समुदाय पनि ठूलो संख्यामा छ ।

योगीको डर

योगी आदित्यनाथले उत्तर प्रदेशमा निकै धार्मिक र जातियताका नारा दिए । जसको प्रभाव भाजपासँग धार्मिक रुपमा हिन्दु बाहेकका समुदाय र दलित समुदाय भाजपासँग असन्तुष्ट बनेको बताइन्छ । जुन असन्तुष्टिलाई ध्यान दिइ अखिलेश र राहुलले अभियान चलाएका थिए । अर्कोतर्फ, राजपूतहरुको असन्तुष्टिले सिर्जना गरेको अभियानले पनि भाजपालाई ठूलो घाटा पु¥याएको विश्लेषण गरिएको छ । राजपूतहरुको ठूलो समूदाय नै घोषितरुपमा भाजपा विरोधी अभियानमा लागेको थियो ।

सपा र कांग्रेसविरुद्ध भाजपाको नकारात्मक अभियान

समाजवादी पार्टी उत्तर प्रदेशमा धेरै पटक सत्तामा छ र अखिलेश यादव २०१२ देखि २०१७ सम्म राज्यको मुख्यमन्त्री भएका छन् । उनले आफ्नो कार्यकालमा धेरै काम गरेका थिए र जुन काम अखिलेश यादवले सुरु गरेका थिए र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पूरा भएको थियो, त्यो पूरा गर्ने श्रेय भाजपाले लिएको छ । चुनावी अभियानमा अखिलेशले भाजपा विरुद्ध अभियान नै छेडेका थिए । जसको प्रभाव निकै परेको विश्लेषकहरुको बुझाई छ ।

राशन र सुशासनको मुद्दा

केन्द्र सरकारले जनतालाई निःशुल्क राशन दिने घोषणा गरेको थियो । तर, केन्द्र सरकारले दिन नसकेको विषयमा कांग्रेस र सपाले अभियान छेडेँ । उनीहरुले त्यसको समाधान आफूहरुले दिने बताए । कांग्रेस र सपाले दोब्बर राशन दिने बताउँदै रोजगारीको सवालमा सरकार बनेलगत्तै बेरोजगारलाई रोजगारीको ढोका खोलिने आश्वासन दिएका छन् । त्यसको ठूलो प्रभाव पनि देखिएको विश्लेषण विश्लेषकहरुको छ । भारतीय सञ्चार माध्यमको सहयोगमा

सम्बन्धित समाचार

राम मन्दिरले पनि दिएन मोदीलाई साथ, अयोध्यामै भाजपा कमजोर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट