बालेन नेतृत्वको महानगरले काठमाडौंका तीन ठाउँमा विश्वकप क्रिकेट निःशुल्क देखाउने-Sutra News

बालेन नेतृत्वको महानगरले काठमाडौंका तीन ठाउँमा विश्वकप क्रिकेट निःशुल्क देखाउने

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं। बालेन शाह नेतृत्वको काठमाडौँ महानगरपालिकाले महानगरका तीन स्थानमा ‘टि ट्वान्टी विश्वकप’ को निशुल्क प्रदर्शन गर्ने भएको छ । महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा ठूला एलइडी स्क्रिन राखी निःशुृल्क प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको हो ।



नेपाली समयअनुसार मंगलवार राति नौ बजेदेखि नेपाल ‘टि ट्वान्टी विश्वकप’ को मैदानमा उत्रदैछ । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको महानगर प्रमुखको सचिवालयले जनाएको छ । टुँडिखेलमा खेल प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल लगायतका कलाकारले प्रस्तुति दिँदैछन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट