यस्तो छ एलिना र दिनेशको ‘घरजम’ (भिडियो)-Sutra News

यस्तो छ एलिना र दिनेशको ‘घरजम’ (भिडियो)

मंगलबार, २२ जेष्ठ २०८१

मंगलबार, २२ जेष्ठ २०८१

काठमाडौं । गायक दिनेश ताम्राकारले नयाँ गीत ल्याएका छन्– ‘घरजम’ । गीतमा हालै घरजम बसाएकी गायिका एलिना चौहानको समेत स्वर रहेको छ ।



हेयरस्टाइलिस्ट समेत रहेका दिनेशकै शब्द र संगीत रहेको यो गीतमा जीवन बडुको मिक्सिङ र एरेन्ज छ । गीतमा मोडल विना राउत फिचर्ड छिन् । विनासँग दिनेश स्वयम्ले अभिनय गरेका छन् । विशाल ताम्राकार र सविता श्रेष्ठको पनि भिडियोमा अभिनय छ । विशिल कैनीले गीतको भिडियो निर्देशन गरेका छन् । ‘यो गीत रोमान्टिक शैलीमा गाइएको छ । दर्शकले रुचाउनुहुन्छ भन्ने आशा छ,’ दिनेशले भने ।

हेर्नुस् भिडियो : 

https://www.youtube.com/watch?v=Xa4GrtTyM2w

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट