आज मेष, मिथुन र बृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज मेष, मिथुन र बृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

आज मिति २०८१ जेठ २३ गते बुधबार । सन् २०२४ जून ५ तारिख । नेपाल सम्बत ११४४ बछलागा चतुर्दशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

दिन शुभदायी छ । नसोचेको काम बन्ने र अनौठो समाचार सुन्न पाइने समय छ । अर्थलाभका अवसर आउने छन् । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । सामान्य खर्च बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण रहला । आफन्तसुख प्राप्त हुनेछ । पराक्रम बढ्नेछ ।

बृष

यात्रागत कार्यबाट विशेष लाभ हुने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी एवम् मातृसल्लाहमा गरिएको काममा विशेष सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । आयबल बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन

कर्मबल बढ्ने छ तर आर्थिक संकट पर्ने र कतै लेनदेनमा विवादसमेत हुन सक्ने समय छ । घरायसी समस्या पनि आउला । पढाइलेखाइमा ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरु सक्रिय होलान् । कामको लागि यात्रा गर्दै हुनुहन्छ भने सफलता मिल्ने योग छ ।

कर्कट

गलत विचारहरुले काममा बाधा सिर्जना गर्न सक्छ । समयको बचत कम हुने दिन छ । राजनीतिमा हुनेलाई मान सम्मान मिल्ने योग छ । अरुको मन जित्न सकिने छ, । धनलाभ होला । केही मात्रामा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । आफ्नै बलविवेकले काम बन्नेछ ।

सिंह

प्रेमको बन्धनमा बाँधिने तथा दाम्पत्य सम्बन्ध सुखद रहने दिन छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि होला । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु हुन सक्छ । सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त होला ।

कन्या

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने समय छ । मनोरञ्जनमा भुलिएला । धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । पढाइमा पाउने सफलता निरन्तर रहने छ । दाम्पत्यसुख बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

लेनदेनको समस्याले सताउनेछ भने शत्रु पनि बढ्ने छन् । ब्यापारमा समेत केही घाटा ब्यहोर्नुपर्ला । सानातिना घरायसी काममा समय खर्च हुने । आजको दिन यात्रामा विशेष सावधान रहनुहोला । कम बोलेर काम निकाल्ने प्रयत्न गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ ।

बृश्चिक

आरोग्यबल र प्रेमभाव बढ्नेछ । शुभ समाचार प्राप्त होला । समयले साथ दिनेछ । तपाईंको कुरा काट्नेहरू प्रशंसक बन्नेछन् । नोकरीमा सन्तुष्टि मिल्ला । लेनदेनमा समस्या आउन सक्ने योग छ । समग्रमा मन हर्षित हुने दिन छ ।

धनु

व्यस्तता वृद्धि हुनेछ । लामो समयदेखि रोकिएका कामहरू बन्ने दिन छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । मनमा हौसला बढ्नेछ र अधुरा काम बन्नेछ । मन हर्षित भएर आउला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

मकर

दाम्पत्यसुख एवम् प्रेमसम्बन्धमा सुमधुरता आउने समय छ । स्वास्थ्यस्थितिमा पनि सुधार आउनेछ भने आयआर्जनको स्रोत फेला पर्ला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । कृषिजन्य व्यवसायबाट भने सोचेजस्तो लाभ लिन सकिंँदैन । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग मिल्नेछ । पराक्रम बढ्नेछ ।

कुम्भ

समय राम्रो चलिरहेको भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउन सक्ने योग छ, सावधान रहनु हितकर होला । काममा अवरोध आउनाले धननाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा विशेष ध्यान राख्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तानसुख बढ्ने छ ।

मीन

अधुरा कामहरु बन्ने तथा अरुको विश्वास आफूतिर रहने, आफन्तजनको उचित सहयोग मिल्ने समय छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । प्रेमसम्बन्ध सुमधुर रहनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भन नयाँ कामको थालनी हुने योग छ । आरोग्यता रहला । मनोकूलको काम बन्नेछ । शत्रु माथि विजय प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट