टी २० विश्वकपमा नेपालको खराब शुरुवात, नेदरल्याण्डससँग ६ विकेटले पराजित-Sutra News

टी २० विश्वकपमा नेपालको खराब शुरुवात, नेदरल्याण्डससँग ६ विकेटले पराजित

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं । जारी टी २० विश्वकपमा नेपालले हारबाट शुरुवात गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो ।



नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए ।

त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।

नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेदरल्याण्डसले समूह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट