चाबहिलमा एक पुरुषले परिवारमाथि लगाए आगो, दुई छोरीको अवस्था गम्भीर-Sutra News

चाबहिलमा एक पुरुषले परिवारमाथि लगाए आगो, दुई छोरीको अवस्था गम्भीर

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले आफूसहित सबै परिवारमाथि आगो लगाएका छन् । उनले आफू र श्रीमतीसहित तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।



मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले पेट्रोल छर्किएर आगो लगाएका हुन् । सिंहले ४४ वर्षका श्रीमती विनु, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराहीमा लगेका थिए । अहिले उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते जेठी र माइली छोरीको आईसीयूमा उपचार भइरहेको छ । अन्य तीन जनाको अवस्था सामान्य रहेको छ ।

चञ्चलले रक्सी खाएर श्रीमीसँग झगडा गर्दै पटकपटक मार्ने धम्की दिँदै आएका थिए । केही दिनअघि मात्रै विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमानले हिंसा गर्दै आएको भन्दै जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट