‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’को अग्रिम टिकट बुकिङ खुल्ला, हलले गरे विभेद !-Sutra News

‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’को अग्रिम टिकट बुकिङ खुल्ला, हलले गरे विभेद !

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडाैं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । आक्रामक प्रचार प्रसारका कारण चर्चामा रहेका दुईवटै फिल्मले उत्साहजनक शोज पाएका छन् ।



मंगलबारबाटै अग्रिम टिकट बुकिङ खुल्ला गरिए दुवै फिल्मको ‘खल्ती’ एपमा उपलब्ध शोज विवरण हेरेर समाचार तयार पार्दा सम्म ‘गाउँ आएको बाटो’ले देशभर ६८ शो प्राप्त गरेको छ भने ‘लण्डन टु पेरिस’ले ३७ शो प्राप्त गरेको छ । अधिकांश फिल्म हलहरुले हालसम्म खुलाएको बुकिङलाई हेर्दा दुईवटै फिल्मलाई समान शोज दिएका छन् ।

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को राई समुदायको संस्कृतिमा बनेको भएकाले पूर्वी नेपालका हलहरुमा यसले उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई धेरै शो दिएको छैन । काठमाडौंमा १५ दिएको क्यूएफएक्सले उपत्यका बाहिर २३ शो प्रदान गरेको छ । पूर्वी नेपालमा क्यूएफएक्सले उच्च संख्यामा शो दिएको छ । यो फिल्मले क्यूएफएक्स चेनमा जम्मा ३८ शो पाएको छ ।

देशकै दोस्रो ठूलो चेन आईएनआईले ९ शो उपलब्ध गराएको छ । वान सिनेमाज्, एफक्यूबमा, विग मुभिजले सम्मान तीन तीन शोज दिएका छन् ।

फिल्ममा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमुख भूमिकामा छन् । टोरोन्टो र बुसानलगायत दुई दर्जन फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् । यो फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ ।

यस्तै, घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को पनि मंगलबारबाटै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो । यो फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले धेरै शो दिएको छैन । काठमाडौं उपत्यकामा १२ दिएको क्यूएफएक्सले उपत्यका बाहिर १७ शो प्रदान गरेको छ । यो फिल्मले जम्मा २९ शो पाएको छ । केही हलहरूले अग्रिम बुकिङ खुला गरे पनि केही हलको प्रि-बुकिङ खोल्न बाँकी छ ।

नायिका साम्राज्ञी आरएल शाह,नायक निश्चल खड्का, कविर खड्का र नायिका गरिमा शर्माको मुख्य भूमिका रहेको ‘लण्डन टु पेरिस’लाई अन्य अधिकांश फिल्म हलहरुले हालसम्म खुलाएको बुकिङलाई हेर्दा धेरै शोज दिएका छैनन् । देशकै दोस्रो ठूलो चेन आईएनआईले आफ्नो आउटलेटमा जम्मा ३ शो उपलब्ध गराएको छ । वान सिनेमा, एफक्यूब, विग मुभिजले सम्मान दुई दुई शो दिएका छन् ।

प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद रहेको सिनेमामा साम्राज्ञी, निश्चल, कविर र गरिमाका रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।

दुईवटै फिल्मको केही हलले प्रि-बुकिङ खोल्न बाँकी छ । ‘फर्की फर्की’ र ‘पुजार सार्की’ हलमा रहेका र दर्शकको चाप भएकाले ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ले अपेक्षा गरेजस्तो धेरै शो नपाएको देखिन्छ । यता, एकै दिन प्रदर्शन हुनलागेका दुवै फिल्मको तुलना गर्दा ‘लण्डन टु पेरिस’लाई प्राय हलले विभेद गरेको देखिएको छ । तर, शुक्रबारदेखि हलमा देखिने दर्शकको चापका आधारमा शोज हेरफेर हुने सम्भावना त छँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट