नेपाल र नेदरल्याण्ड्सको खेलमा देखिएका केही क्षण र रेकर्डहरू-Sutra News

नेपाल र नेदरल्याण्ड्सको खेलमा देखिएका केही क्षण र रेकर्डहरू

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं । टी २० विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भयाे । तर, यो खेलमा नेपालले अनेक कीर्तिमान राख्न सफल भयो ।



जसमा नेपालका कप्तान रोहित पौडेलले पाएकाे जीवन दानदेखि सोमपाल कामीले गरेको रनआउट समेत रहेको छ । नेपाल र नेदरल्याण्ड्सको खेलमा बनेको रेकर्डहरू यस प्रकारका छन्:

रोहितमाथि अम्पायरको गलत निर्णय

नेपालको इनिङ्सको चौथो ओभरमा भान विकले एक विकेट लिएका थिए । त्यसपछि कप्तान रोहित पौडेल ब्याटिङमा आए । रोहितले भान विकको बललाई लेग ग्लान्स गर्ने प्रयास गरे । नेदरल्याण्ड्सका खेलाडीहरूले अपील गरेसँगै अम्पायरले आउट दिए ।

रोहितले तुरुन्तै समीक्षा लिए । रोहित डीआरएसमा नटआउट भए । बलले उनको प्याडमा लाग्नुअघि ब्याटलाई छोएको देखाएको थियो । अम्पायरले आफ्नो निर्णय परिवर्तन गरे र रोहितले जीवन पाए ।

रोहित टी २० विश्वकपमा अहिलेसम्मकै सबैभन्दा कान्छा कप्तान बनेका छन् । उनी २१ वर्ष २७६ दिनमा कप्तानको भूमिका खेले । यसअघि जिम्बाब्वेका प्रोस्पर उत्सेयाले २००७ को विश्वकपमा २२ वर्ष १७० दिन कप्तानी गरेका थिए ।

सोमपाल नेपालका लागि पहिलो विकेट लिने बलर

नेपालले नेदरल्यान्ड्सको इनिङ्सको दोस्रो ओभरमा पहिलो सफलता पायो । सोमपाल कामीले माइकल लेभिटलाई १ रनमा ऐरीको हातमा क्याच आउट गराए । यससँगै उनी टी २० विश्वकपमा नेपालको तर्फबाट विकेट लिने पहिलो बलर बने ।

अनौठो रनआउट

नेदरल्यान्ड्सको इनिङ्सको १४ औँ ओभरमा सिब्रान्ड एङ्गेलब्रेच अनौठो तरिकाले रनआउट भए । म्याक्स ओ’डाउडले अफ स्टम्पमा रहेको बलमा फ्रन्ट साइडमा शट खेले ।

कामीको हातले बललाई छोयो र स्टम्पमा ठोक्कियो । त्यतिबेला इङ्गेलब्रेक उनको क्रिज बाहिर थियो । जसका कारण उनी रनआउट भए ।

नेदरल्याण्ड्सले लिएको सर्वाधिक विकेट

टी २० विश्वकपमा नेदरल्याण्ड्सका लागि सर्वाधिक विकेट लिनेमा पल भान मिकेरेन पहिलो स्थानमा छन् । उनको हाल २० विकेट छ । उनीअघि अलराउन्डर बास डी लीडे १२ विकेट लिएर पहिलो स्थानमा थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट