सहकारी पीडितलाई प्रचण्डले भने- कालो झण्डा देखाएर ‘ब्लण्डर’ गल्ती गरे-Sutra News

सहकारी पीडितलाई प्रचण्डले भने- कालो झण्डा देखाएर ‘ब्लण्डर’ गल्ती गरे

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पोखराममा कालो झण्डा देखाइएको छ ।



पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न सभागृह आउने क्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएर विरोध गरेको हो ।

प्रहरीले कालो झण्डा देखाउने केही सहकारी पिडितलाई पक्राउ गरेको छ । आफूलाई कालो झण्डा देखाएपछि उनले सरकार सहकारी पीडितको पक्षमा रहेको बताए ।

यस क्रममा उनले पाँच लाखसम्मको बचत फिर्ता गर्ने यही सरकार भएको बताए । उनले आफूलाई कालो झण्डा देखाएर ब्लण्डर गल्ती गरेको बताए ।

सूर्य दर्शन सहकारीसहित देशका विभिन्न सहकारीको अर्बौं रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गर्ने रवि लामिछाने प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषदमा उपप्रधान तथा गृहमन्त्री छन् । अर्का लगानीकर्ता जीबी राई फरार रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट