त्रिवेणी मोटोकर्पको इभी सोरुम ललितपुरको बालकुमारीमा-Sutra News

त्रिवेणी मोटोकर्पको इभी सोरुम ललितपुरको बालकुमारीमा

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडाैं । दर्जनौं व्यवसायीक कम्पनीको नेतृत्व गरिरहेको त्रिवेणी ग्रुपअन्तर्गतको त्रिवेणी मोटोकर्प प्राइभेट लिमिटेडले ललितपुरको बालकुमारीमा चिनियाँ कमर्सियल अटोमोबाइल्स ग्रुप डाेङफेङ्ग इलेक्ट्रीक्स भेहिकल्सको लागि शो-रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल सांघाई, डाइरेक्टर रामचन्द्र सांघाई सहितका त्रिवेणी ग्रुपका उच्च पदस्थ कर्मचारी समेतको संलग्नतामा अत्याधुनिक सुविधा सहितको सो रुमको शुभारम्भ गरिएको हो ।



चिनियाँ कमर्सियल अटोमोबाइल्स कम्पनी डाेङफेङ्ग चीनका ३ ठूला गाडी निर्माता मध्येको एक कम्पनी हाे । त्रिवेणी मोटोकर्प नेपालका लागि डाेङफेङ्गकाे आधिकारिक वितरक नियुक्त भएको अवसरमा अत्याधुनिक सोरुमको उद्घाटनसँगै कम्पनीले इलेक्ट्रीक भेहिकल्सको आयात गरी बिक्रीवितरण समेत शुभारम्भ गरेको हाे ।

त्रिवेणी ग्रुपले हाल डाेङफेङ्ग कम्पनीका ११ सिट र १४ सिट क्षमताका डाेङफेङ्ग इलेक्ट्रीक प्यासेन्जर भ्यान र ४ दशमलव ५ तथा ५ दशमलव ३ घनमिटर क्षमताका कार्गो भ्यानहरूको बिक्रीवितरण समेत सुरु गरेको छ । सो रुम उद्घाटनका क्रममा इलेक्ट्रीक प्यासेन्जर भ्यानको पहिलो ग्राहकलाई भ्यानको चाबी समेत हस्तान्तरण गरिएको थियो ।

अत्याधुनिक सो रुम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवेणी मोटोकर्पका विजनेश हेड सुरज भट्टराईले विद्युतिय सवारीको प्रवर्द्धन मार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गर्दै यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्रिवेणी ग्रुपको प्रयासले इलेक्ट्रीक्स भेहिकलले पनि नेपाली बजारमा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे ।

त्रिवेणी मोटोकर्पले नेपाली बजारमा उपलब्ध गराएको ११ सिट क्षमताको कमर्सियल प्यासेन्जर भ्यानमा ५० किलोवाट क्षमताको मोटर रहनुका साथै ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एकपटक फुल चार्ज गरेपछि ३ सय किलोमीटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी १४ सिट क्षमताको इभी प्यासेन्जर भ्यानमा ८० किलोवाट क्षमताको मोटर रहनुका साथै ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एकपटक फुल चार्ज गरेपछि ३ सय किलोमिटरकै रेन्ज प्रदान गर्ने तथा डाेङफेङ्ग ब्रान्डका सबै इलेक्ट्रीक भ्यानहरूमा सिएटीएल ब्याट्री जडित रहेको कम्पनीले जनाएको छ ।

एकपटक ब्याट्री फुल चार्ज गरेपछि ३ सय किलोमीटरको रेन्ज प्राप्त गर्न कम्तीमा ४० किलोमीटर प्रतिघन्टाको गति, बाटोको अवस्था, तापक्रमको आधार एवं इलेक्टि्रकल सवारी चालकको अनुभव तथा समग्र ट्राफिक अवस्था समेतको आधारमा नेपालमै गरिएको पटकपटकको परिक्षण गर्दा एकपटक फुल चार्ज गर्दा २५० किलोमीटर सम्मको रेन्ज प्राप्त गरेको पनि त्रिवेणी मोटोकर्पले जानकारी दिएको छ ।

यसका साथै, डाेङफेङ्गका इलेक्ट्रीक भ्यानहरू नेपालभर बिक्रीवितरण गर्नको लागि डिलर तथा नेटवर्कहरूको व्यवस्थापन पनि गरिसकेको जनाएको छ । देशभरका सबै डिलरहरूमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था उपलब्ध रहेको हुनाले कम्पनीले ग्राहकहरूलाई चार्जिङ सेवा प्रदान गर्ने उदेश्यका साथ चार्जिङ स्टेशनहरू आफ्ना डिलर नेटवर्कमा विस्तार गरिसकेको एवं भविष्यमा आवश्यकता र नेपाल विद्युत प्राधिकरणको समेत नितिगत निर्णयलाई मध्यनजर गर्दै आवश्यकता अनुसार चार्जिङ स्टेशनहरूको विस्तार गर्दै जाने रणनीति अख्तियार गरेको पनि कम्पनीले जनाएको छ ।

त्रिवेणी मोटोकर्पले झापाको विर्तामोडमा सहारा अटोमोबाइल्स कम्पनी प्राइभेट लिमिटेड, इटहरीमा ईस्ट्रन मोटर्स प्राइभेट लिमिटेड, जनकपुर र विरंगजको लागि नारायणी अटोकर्प प्राइभेट लिमिटेड, पोखरामा अटोवेज प्राइभेट लिमिटेड, धनगढीमा प्राप्ति मोटर्स प्राइभेट लिमिटेड, नारायणघाटमा स्मार्ट अटो प्राइभेट लिमिटेड, ललितपुरमा स्मार्ट अटो प्राइभेट लिमिटेड र भक्तपुरमा जिइभी नेपाल प्राइभेट लिमिटेड मार्फत डाेङफेङ्ग भेहिकल्स उपलब्ध गराइरहेको जनाएको छ ।

त्रिवेणी मोटोकर्पले बिक्रिपछिको सेवालाई मध्यनजर गर्दै काठमाडौको बाहुनधारा मन्दीर मार्ग जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गर्नुका साथै आवश्यक पार्ट्सहरूको व्यवस्था पनि गरिसकेको तथा यसबाट बिक्रीपछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भिस टिमको समेत व्यवस्था गरेको हुनाले ग्राहकहरूले ढुक्कसँग डाेङफेङ्ग ब्रान्डका भेहिकल्स प्रयोग गर्न आग्रह गर्दै कम्पनीको सर्भिस सम्बन्धि व्यवस्थाहरूको निरिक्षण तथा भ्रमण गर्न सेवाग्राहीहरूसँग अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट