मत गणना सकिएसँगै मोदीले दिए राजीनामा-Sutra News

मत गणना सकिएसँगै मोदीले दिए राजीनामा

बुधबार, २३ जेष्ठ २०८१

बुधबार, २३ जेष्ठ २०८१

काठमाडौं । लोकसभा चुनावको नतिजापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् ।



प्रधानमन्त्री मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेकी छन् । यस क्रममा उनले प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी थिइन् ।

मंगलबार भएको लोकसभा चुनावको मत गणनामा भाजपाले २४० सिट जितेको छ । कंग्रेसले ९९ सिट जितेको छ । यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ ।

भाजपासहितको गठबन्धनले भने २९२ सिटसहित बहुमत हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट