काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका हुन् ।
यसअघि आजको बैठकमा विश्वासको मत लिने कार्यसूची भए पनि उनले विरामी रहेको भन्दै जेठ २८ गते लिने पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए ।
तर, उनको विश्वासको मत लिने अन्तिम दिन भएको र आज विश्वासको मत नलिएमा स्वतः पदमुक्त हुने भएपछि विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएका छन् ।
सरकारको प्रतिनिधि भएपछि स्थगित भएको प्रदेशसभा बैठक केहीबेर पुनः सुरू हुने बताइएको छ ।
१०७ सदस्यीय मधेस प्रदेशमा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् । संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक-एक सांसद छन्