सुनले मूल्यले बनायो अर्को नयाँ रेकर्ड-Sutra News

सुनले मूल्यले बनायो अर्को नयाँ रेकर्ड

बिहिबार, २४ जेष्ठ २०८१

बिहिबार, २४ जेष्ठ २०८१

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । साताको पाँचौ कारोबार दिन बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।



महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य एक लाख ४३ हजार तीन सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १८ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

बजेटमा सुनको भन्सार दर बृद्धि भएसँगै मूल्य पनि बढेको हो । अर्कोतर्फ अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट