काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका १० भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाख ५ हजार रूपैयाँसहित चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. २ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।