सांसद बनेर दिल्ली जान लागेकी अभिनेत्री कंगनालाई थप्पड !-Sutra News

सांसद बनेर दिल्ली जान लागेकी अभिनेत्री कंगनालाई थप्पड !

बिहिबार, २४ जेष्ठ २०८१

बिहिबार, २४ जेष्ठ २०८१

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन् ।



कंगना रनौतले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छन् । कंगनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ ।

चुनाव जितेपछि कंगना रनौत भाजपाको बैठकमा सहभागी हुन विस्तारा एयरलाइन्सको उडानमा दिल्ली प्रस्थान गर्ने क्रममा यो घटना भएको बताइएको छ ।

कंगना एयरपोर्ट सेक्युरिटी चेकबाट निस्कदै गर्दा महिला सिपाहीले उनको हात उचालेकी थिइन् । यस विषयमा कंगनाले उजुरी पनि दर्ता गराएकी छन् ।

किसान आन्दोलनको विषयमा कंगनाले दिएको बयानका कारण सीआईएसएफ जवानले थप्पड हानेको रिपोर्टमा बताइएको छ । कंगनालाई थप्पड हानेकी कुलविन्दरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

कंगनाले हालै सम्पन्न लोकसभा चुनाव हिमाचल प्रदेशको मण्डीबाट भाजपाको तर्फबाट चुनाव जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट