आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?-Sutra News

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्य स्थानको मौसम कस्तो ?

शुक्रबार, २५ जेष्ठ २०८१

शुक्रबार, २५ जेष्ठ २०८१

काठमाडौं । नेपालमा स्थानीय तथा पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीयको आंशिक प्रभाव रहेको छ ।



जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ्र

त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

कोशी प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट